रेलले किचेर धनुषामा एक जनाको मृत्यु

रेलले किचेर धनुषामा एक जनाको ज्यान गएको छ । जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको रेलले किचेर आज बिहान करिब १० बजे धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको सिनुरजोडा घर भएका ४२ वर्षीय गाठेय साहको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतकको साथमा भेटिएको चालक अनुमतिपत्रको आधारमा पहिचान खुलेको बताइएको छ । आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमोर्टमका लागि प्रादेशिक अस्पताल पुर्‍याएपछि रेल सेवा सुरु भएको थियो । परबाहा रेल्वे स्टेशन नजिक भएको उक्त दुर्घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

 

Comments

Popular posts from this blog

सुन्तला बोकेको पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु, लिफ्ट मागेर चढेका ३ विद्यार्थी गम्भीर

२०८१ साल माघ १९ गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल माघ १८ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल