क्यालिफोर्नियामा भीषण आगलागी, हजारौं घर र भवनहरू जलेर ध्वस्त
शुक्रवारदेखि लस एन्जलस काउन्टीका विभिन्न भागहरूमा भीषण डढेलोको श्रृङ्खला जारी छ । जुन आंशिक रूपमा मात्र नियन्त्रणमा आएको छ । जसले गर्दा त्यहाँका बासिन्दाहरूको जीवनमा व्यापक अवरोधहरू सिर्जना भएको बताइएको छ ।
विद्यालयहरू बन्द हुनुका साथै असंख्य मनोरञ्जन, खेलकुद र सामुदायिक कार्यक्रमहरू रद्द गरिएका छन् । काउन्टी मेडिकल परीक्षकको कार्यालयकाअनुसार क्षेत्रको इतिहासकै सबैभन्दा ठूलो डढेलोले कम्तिमा ११ जनाको ज्यान लिएको छ । हालसम्म १० हजार भन्दा बढी भवनहरू नष्ट भएका छन् ।
Comments
Post a Comment