अमेरिकामा भीषण आगलागी, हजारौं मानिस घरबार छोडेर भागे


 अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो फैलिएको छ। २० एकड क्षेत्रफलमा शुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको छ। 


दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले यहाँबाट ३० हजार मानिसलाई बाहिर निकाल्न निर्देशन दिइएको बताएका छन्। यस वनको आगलागीबाट १३ हजार भवन जोखिममा छन्।

केही भिडियो फुटेजले प्यासिफिक पालिसेड क्षेत्रका घरहरू नजिकका क्षेत्रहरूबाट बाक्लो धुवाँ निस्किरहेको देखाउँछ। यहाँ बसोबास गर्ने मानिसहरू आफ्नो घर र सवारीसाधन छोडेर भागेको देखिन्छ।


Comments

Popular posts from this blog

२०८१ साल चैत १२ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल चैत्र २३ देखि २९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८१ साल चैत १३ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल