भद्रपुरकी पूर्व उपप्रमुखका छोरा निश्चलको स्कुटर दुर्घटनामा परी निधन

 

भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुख चन्द्रमाया श्रेष्ठको २९ वर्षीय छोरा निश्चल राजभण्डारीको बिहीबार साँझ निधन भएको छ । भद्रपुर- ८ निवासी निश्चल र उनकी श्रीमती पूजा राजभण्डारी तीनदिन अघि भक्तपुरको सानोठिमीमा स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । घाइतेमध्ये निश्चलको नर्भिक हस्पिटलमा सघन उपचारकक्षमा उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । कानुन व्यवसायी समेत रहेका चन्द्रमायाको निश्चल एक्लो सन्तान थिए । 


Comments

Popular posts from this blog

२०८१ साल चैत्र २३ देखि २९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८१ साल चैत २५ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल चैत २४ गते आइतवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल