सिराहमा ८ दिनदेखि बेपत्ता महिलाको शव पोखरीमा भेटियो


 सिराहामा एक महिलाको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ । आठ दिनदेखि बेपत्ता सिरहाको कर्जन्हा नगरपालिका–७ मरेवाकी ६५ वर्षीया देवी यादव बेतहास्थित खलिल राइनको पोखरीमा मृत फेला परेको प्रहरीले जनाएको छ । माघ २ गतेदेखि हराएकी उनको खोज तलासको क्रममा बिहीबार पोखरीमा शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

Popular posts from this blog

२०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

२०८२ साल असार २० गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

रेलले किचेर धनुषामा एक जनाको मृत्यु