मकवानपुरमा भीरबाट लडेर महिलाको मृत्यु
मकवानपुरको भीमफेदी गाउँपालिकामा भीरबाट लडेर ५३ वर्षीया चमेलीमाया पाख्रिनको मृत्यु भएको छ।
भीमफेदी गाउँपालिका ३ ईचुङ निवासी चमेलीमाया पाख्रिन शनिबार दिउँसो ४ बजे घर नजिकै घट्टेखोलाको भीरमा घाँस काट्न गएका बेला उनी भीरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले घटना पुष्टि गरेका छन्।
Comments
Post a Comment