काँकडभिट्टाबाट धरान जाँदै गरेको बस धरमपुरमा दुर्घटना, एक दर्जन यात्रु घाइते
काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको यात्रुवाहक बस धरमपुरमा दुर्घटना हुँदा करिब एक दर्जन यात्रु घाइते भएका छन् । आज बिहान ६ः२० बजे शिवसताक्षी –१ धरमपुरस्थित पूर्वपश्चिम राजमार्गमा मे १ ख २५४५ नम्बरको नागरिक यातायातको बस अनियन्त्रित भई दुर्घटना भएको हो । बस सडकबाट तल खस्दा उक्त बसमा सवार ११ जना यात्रुहरू घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।
Comments
Post a Comment