तनहुँमा बसको ढोकाबाट खसेर सहचालक २६ बर्षीय महराको मृत्यु
बसको ढोकाबाट खसेर आइतबार तनहुँमा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका सहचालक पोखरा उपमहानगरपालिका–२८ बस्ने बर्ष २६ का संजीव महरा रहेको प्रहरीले जनाएको छ । पृथ्वीराजमार्ग सडक अन्र्तगत तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित छबिसेमा आइतबार बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ । बसको ढोकाबाट खसेर सख्त घाइते महराको दमौली अस्पतालमा उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । बा ४ ख ५८०१ नम्बरको बस बाग्लुङको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको अवस्थामा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । बसका चालक जिल्ला चितवन भरतपुर नगरपालिका–२४ बस्ने बर्ष ३९ का सानु कान्छा मुक्तान र बस इलाका प्रहरी कार्यालय बेलचौताराको नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Comments
Post a Comment