नेपालसँग बराबरी खेल्दै म्यानमार लिग विजेता


 चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल र म्याचमारीबीचको खेल बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा भएको २-२ बराबरीमा नै सकिएको छ।

यो बराबरीसँगै म्यामार लिग विजेता र नेपाल उपविजेता बन्दै बुधबार फाइनल खेल्नेछन्। खेलको छैटौं मिनेटमा म्याट नोई खिनको फ्रि किक गोलमार्फत म्यानमारले अग्रता लिएको थियो। उनले सेकन्डबार च्यापेर प्रहार गरेको फ्रिकिकलाई नेपाल गोलकिपर अन्जना रानमगरले बचाउने कुनै अवसर नै पाइनन्।

म्यानमारको त्यो अग्रता लामो समयसम्म टिक्न भने सकेन। पाँच मिनेटपछि नै नेपालले बराबरी गोल फर्कायो। सावित्रा भण्डारीको क्रसमा सविता रानमगरले वान टचमै पोस्टको दिशा दिइन्। मे एचटेट लुले १६औं मिनेटमा म्यानमारलाई २-१ को अग्रता दिलाइन्। उनले नेपाली रक्षक गीता रानाले क्लियर गर्न खोजेको बललाई नियन्त्रणमा लिँदै लुले उत्कृष्ट गोल गरिन्।

Comments

Popular posts from this blog

२०८१ साल चैत १२ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

२०८१ साल चैत्र २३ देखि २९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८१ साल चैत १३ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल