२०८२ साल जेठ २० गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष
व्यावसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ ।
वृष
आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला ।उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोरन्जनमा समय ब्यतित भएर जाने दिन छ, टाढाको यात्रा पनि हुन सक्ने देखिन्छ ।
Comments
Post a Comment