Posts

Showing posts from December, 2024

भारत लैजाँदै गरेकी झापाकी किशोरीको उद्दार, दुईजना पक्राउ

Image
  झापाको शिवसताक्षी नगरपालिकाकी एक १७ वर्षीया किशोरीको उद्दार गरेर घर फर्काइएको छ । शिवसताक्षी–२ की किशोरीलाई कामको प्रलोभन देखाएर बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लाँदै गरेको अवस्थामा सुनसरीको कोशी–८ भण्टाबारीको सीमा नाकाबाट उद्दार गरिएको हो ।

रवि लामिछानेसहित सातै जनालाई कारागार पठाउन सरकारी वकिलको बहस

Image
  सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेका रवि लामिछानेसहित ७ जनालाई कारागार पठाउन सरकारी वकिलले माग गरेका छन्।

इटहरीमा भेटिएको शंकास्पद वस्तु निष्किय, राख्नेले नै सूचना दिएको अनुमान

Image
    इटहरीमा भेटिएको शंकास्पद वस्तु निष्किय भएको छ। मंगलबार (आज) बिहान शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमन तिम्सिनाका अनुसार इटहरीका दुई ठाउँ र धरानको एक ठाउँ गरी तीन ठाउँमा बम रहेको प्रहरीलाई सूचना आएको थियो।

दक्षिण कोरियामा भएको विमान दुर्घटनामा २ जनाको जिवितै उद्धार, १७९ जनाको मृत्यु (अपडेट)

Image
  दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १८१ मध्ये २ जनाको मात्रै जिवितै उद्धार भएको छ। अन्य १७९ जनाले ज्यान गुमाएका छन्। जिवित रहेका मध्ये एक जना चालक दलका सदस्य र एक जना यात्रु छन्। दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए। घाईते अवस्थामा फेला परेका उनीहरुको उपचार भइरहेको छ।

मरेको कुखुराको मासु खाएका १५ वर्षीय बालकको मृत्यु, परिवारका ३ जना विरामी

Image
  मरेको कुखुराको मासु खाएका अछामको कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय बालकको मृत्यु भएको छ। मासु भएपछि बिरामी भएका कमल बिकको आइतबार मृत्यु भएको हो। उनको परिवारका अन्य तीनजना बिरामी छ। अछाम प्रहरीका डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार बिकको परिवारले शुक्रबार मरेको कुखुराको मासु खाएका थिए।

क्यानडामा सडक दुर्घटनामा परी २२ वर्षीया नेपाली किशोरीको मृत्यु, १ वर्षमा ३ विद्यार्थीले ज्यान गुमाए

Image
  क्यानाडाको लण्डनमा सडक दुर्घटनामा परेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। ट्रकको ठक्करबाट फ्यान्स कलेज, लण्डनमा अध्ययनरत २२ वर्षिया सचिना श्रेष्ठको मृत्यु भएको हो। श्रेष्ठलाई ८ डिसेम्बरको साँझ करिव ८ बजे ट्रकले ठक्कर दिएको थियो। कुहिरो लागेको बेला सडक पार गर्ने क्रममा उनी दुर्घटनामा परेकी थिईन।

आमाको शोकमा छोरीको पनि गयो ज्यान

Image
  दुर्घटनामा परेर आमाको ज्यान गएको शोकमा विक्षिप्त छोरीको पनि मृत्यु भएको छ । गत शनिबार थलारा गाउँपालिका–९, आमबगरकी ४१ वर्षीया पञ्चमाला जोशीको बाटोमा हिँडिरहेका बेला सडकबाट खसेको ढुंगाले लागेर मृत्यु भएको थियो । आमाको मृत्युपछि २५ वर्षीया छोरी रोहिणी जोशीको पनि मृत्यु भएको हो ।

डडेल्धुरामा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

Image
    डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक भीमदत्त राजमार्गमा साहुखर्कबाट गैरा तर्फ जाँदै गरेको से २ त २४३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई नालिमा पल्टिदा चालक कैलालीको घोडाघोडी नगरपालिका – १० पहलवानपुर ३० वर्षीय बिशाल चौधरीको मृत्यु भएको हो ।

झापाको कमलमा गाई फार्ममा आगलागी, १६ लाख बढीको क्षति

Image
  झापाको कमल गाउँपालिकामा गाई फार्ममा आगलागी भएको छ । आज दिउँसो १ः१० बजे कमल– ५ पाथीभरा टोल बस्ने विनोद खरेलले आफ्नो घरदेखि अन्दाजी ५० मिटर पूर्व सञ्चालन गरेको लक्ष्मी पशु तथा कृषि गाई फार्ममा करेन्ट सर्ट भई आगलागी भएको हो ।